–सुशिला पौडेल
तिमी पाउनु, आफु गुमाउनु ,एउटै समय
माया लाउनु , धोका पाउनु ,एउटै समय ।
आउन चाह्यौ म भित्र स्विकृति लिएर
भित्र आउनु, मोह विलाउनु, एउटै समय ।
मनको ढोका उघारेकै थिए तिम्रै लागि मैले
तिमी धाउनु, अंध्यारो छाउनु, एउटै समय ।
दिलको भारी बिसाउने ठाउँ खोझ्दै थियौ क्यारे
म लजाउनु, तिमी मुर्झाउनु, एउटै समय ।
भगवान बनाई बासाएँ मनको सिँहासनमा
मन पराउनु, श्रद्दा हराउनु, एउटै समय ।
कपन, काठमाडौं ।