चैत १५,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति समाज कायम गर्न चाहेको बताएका छन्। जैन धर्मका संस्थापक महावीर जैनको २६१७औंँ समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले इगो र अहंकारले शान्ति खल्बलिने बताए। ुहामी शान्ति समाज कायम गर्न चाहन्छौँ। इगो र अहंकारले शान्ति खलबलिन्छु, उनले भने कतिपय मुलुकमा शान्ति कायम गर्ने निकाय पनि असफल भएका छन्।ु सधैं कुरा मात्र गरेर मुलुकको विकास नहुने कुरा दोहोर्याउँदै प्रधानमन्त्री ओलीले अब काम गरेर देखाउने बताए। पहिलोपटक प्रधानमन्त्री हुँदा आफुले रेल ल्याउने कुरा गरेर त्यसको शुरुवात समेत गरिसकेको बताए। भने ुमैले रेल लेराउछुँ भनेर भने, त्यो कुरा मात्र गरेको हैन। कामको सुरुवात गरिसकेको छु।ु अहिले केही विषयमा जोखिम रहेको भन्दै मुलुकमा हिंसा फैलिनबाट जोगिनुपर्ने बताए। विगतमा गौरवपूर्ण परम्परा बोकेर आएको नेपाली समाज बीचमा केही खलबलिए पनि अब त्यसलाई सम्हालेर अगाडी बढाइने उनको भनाइ थियो। मुलुक अब विकासबाट अघि बढनुको बिकल्प नरहेको भन्दै स्वतन्त्र र सार्वभौम देश बनाउन चाहेको बताए। विविधता युक्त मुलुक नै नेपाली समाजका लागि सम्पन्नता भएको भन्दै प्रधानमन्त्री ओलीले समाजलाई सही बाटोमा लैजानका निम्ती धेरै मानिस अघि रहेको बताए। त्यसमध्ये एक व्यक्ति भगवान महावीर रहेको भन्दै शान्ति, सदभाव र अहिंसाको शिक्षालाई अघि बढाउन उनले महत्वपूर्ण भूमिका खेलेको बताए। ुजैनको जन्म दिनमा काटमार नगर्ने कुरालाई अघि बढउन सकिन्छ। यो असाधारण कुरा हो उनले भने जैनबारे म राम्ररी जान्छु। १६१७ अघि जन्मेको मान्छेको महत्त्व बढी छ। जैनको प्रभाव अहिलेपनि कम नरहेको भन्दै प्रधानमन्त्री ओलीले बाच र बाँच्न देउ भन्ने शिक्षा अपनाउन कठिन भएपनि अपनाउनुको विकल्प नभएको बताए।