विद्यालय भर्ना अभियानमा प्रधानमन्त्री पनि सहभागी

239

चैत १४,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियानको सुरुवात एक बच्चालाई स्कुल भर्ना गरेर अघि बढाउने भएका छन्। प्रधानमन्त्री ओलीले निरक्षरता उन्मुलनका लागि २०७५ को विद्यालय भर्ना अभियानमा आफूले एक जना बच्चालाई विद्यालय भर्ना गर्न चाहेको बताएका छन्। राष्ट्रिय यूवा परिषदले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी बैशाख ५ गतेका दिन विद्यालय जाने उमेरको कुनै बालक र बालिकालाई घरबाट आफैँले विद्यालयमा लगेर भर्ना गराउने बताए। यसपालीको विद्यालय भर्ना अभियानमा विद्यालय उमेरको एक जना बच्चालाई विद्यालयमा लगेर नाम लेखाइदिन्छुु, प्रधानमन्त्री ओलीले भने, मन्त्री र माननीयहरूले पनि त्यसै गर्नुहुन्छ। दुई वर्षभित्र निरक्षता उन्मुलन गर्ने नीति अन्तर्गत यसपालीको विद्यालय भर्ना अभियानलाई व्यापकता दिन लागिएको प्रधानमन्त्री ओलीले बताए। प्रधानमन्त्री ओलीले मधेसका केही मुसहर र डोम जातिको साक्षरता प्रतिशत न्यून रहेकाले त्यही समुदायका बालबालिकालाई विद्यालय भर्ना गराउने इच्छा रहेको बताए। मैले निश्चित त गरिसकेको छैन तर, तराईको कुनै जातीका बालबालिका विद्यालयमा भर्ना गराउने इच्छा मलाई छु, प्रधानमन्त्री ओलीले भने। विद्यालय भर्ना अभियान बीचैमा विद्यालय छोड्ने दर बढाउन नभइ विद्यालयको पढाइ पुरा गराएर शतप्रतिशत साक्षरता भएको देशमा नेपाललाई पुर्‍याउनका लागि भएको प्रधानमन्त्री ओलीले बताए।