स्वास्थ्य/ एजेन्सी । अधिकांश महिलाहरु चिलाउने समस्याबाट गुज्रिएका हुन्छन् । कहिलेकाँहि यसो हुनु सामान्य हो । तर, लामो समयसम्म चिलाइराख्नु भने राम्रो होइन । योनि चिलाउने समस्या धेरै कारणले चिलाउँछ । ती मध्ये प्रमुख कारण योनि राम्रोसँग सफा नगर्नु पनि हो । जथाभावि यौन सम्बन्धबाट हुने यौन रोगबाट पनि योनि चिलाउँछ ।
यी हुन् योनी चिलाउने कारण
१. तनाव सुन्दा अचम्म लागेपनि यो सहि हो कि तनावको कारणले गर्दा योनी चलाउँछ ।
२. यिस्ट संक्रमण योनीमा यिस्ट इन्फेक्सनको कारणले पनि योनि चिलाउँछ । यिस्ट इन्फेक्सन हुँदा योनी वरिपरि सेतो दही जस्तो ढुसी जम्मा हुन थाल्दछ जसको कारण योनी चिलाउँछ । मधुमेहको बिरामीलाई यिस्ट इन्फेक्सन हुने सम्भवना वढी हुन्छ । यिस्ट इन्फेक्सन भएको ठाँउमा रातो दाग देखा पर्न थाल्छ र त्यो ठाउँ सुख्खा भइ चिलाउन थाल्छ ।
३. सुख्खा छाला सुख्खा छाला भएको व्यक्तिमा पनि योनि चिलाउने समस्या बढी हुन्छ । छालालाई आवश्यक पर्ने पर्याप्त पानीको अभावले गर्दा योनी वरिपरीको छाला सुख्खा हुन जान्छ र चिलाउन थाल्छ ।
४. यौन संक्रमण धेरै जनासँग यौन सम्पर्क गर्नाले यौन रोग लाग्ने मात्रै नभइ योनी चिलाउने समस्या पनि शुरु हुन सक्छ । यी बाहेक योनीमा हुने संक्रमण, चोटपटक, महिनावरी बन्द हुनु आदि जस्ता कारणहरुले गर्दा पनि योनी चिलाउने समस्या हुन सक्छ ।
रोकथामका उपाए
१. सबैभन्दा पहिले त के कारणले गर्दा योनि चिलाएको हो त्यो थाहा पर्दछ । यदि धेरै जनासँग यौन सम्पर्कले यस्तो समस्या भएको हो भने सबैभन्दा पहिले त्यस्तो कार्य बन्द गर्नु पर्दछ ।
२. कुनै रसायनिक पदार्थको प्रयोगबाट जस्तैः पर्फुमको प्रयोगले भो भने त्यस्तो कार्य गर्नु हुँदैन ।
३.बास्नादार टावेल वा बाथ टबमा नुहाउँदा भएको हो भने त्यसो गर्न छोड्नु राम्रो हुन्छ ।
४. सुतिको पेन्टी मात्र प्रयोग गर्ने र चिलाइ निको नभएसम्म राति सुत्दा पेन्टी नलगाउनु राम्रो हुन्छ ।
५. चिलाउन निको नभएसम्म यौन सम्पर्क नराख्ने र राख्नै परे कन्डमको प्रयोग गर्ने ।
७. सधैँ यौन अंग राम्रोसँग सफा गर्नु पर्दछ ।