‘इयूको प्रतिवेदनले जातीय युद्ध निम्त्याउँछ’

257

चैत १३,
काठमाडौँ । काँग्रेसका केन्द्रीय सदस्य डा.शेखर कोइरालाले यूरोपियन युनियनको प्रतिवेदन जातीय द्धन्द्ध बढाउने उद्देश्यबाट आएको बताएका छन् । उनले सबैले यसको विरोध गर्नुपर्ने बताए । मंगलबार संवाद डबलीमा बसन्तश्रीद्वारा लेखित पुस्तक ‘यार्सा’ को विमोचन कार्यक्रममा बोल्दै डा। कोइरालाले भने, ‘कुरा प्रष्ट छ, इयूले जातीय युद्ध निम्त्याउँने उद्देश्यले प्रतिवेदन तयार गरेको छ, त्यसको सबैले विरोध गर्नुपर्छ ।’उनले आर्थिक अवस्था कमजोर भएका खस, आर्यलाई पनि आरक्षणको कुरा गरिएको बताए ।
डा.कोइरालाले अर्को प्रसंगमा गाई काटेर खाने नखाने प्रश्न ठूलो नभएपनि राष्ट्रिय जनावार भएकोले काट्न नहँने बताए । ‘ाई काटेर मासु खानु भनेको हिन्दू धर्मालवम्बीको आस्थामाथि हमला हो’ कोइरालाले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यका अंगहरुलाई अलगथलग बनाएर निरंकुशताको अभ्यास गरिरहेको आरोप लगाउँदै डा। कोइरालाले भने, ‘प्रदेशदेखि केन्द्रसम्म कम्युनिस्टकै बहुमत छ तरपनि ओलीले जीले सबै शक्ति आफ्नो हातमा लिन खोज्दै हुनुहुन्छ । शक्तिको पृथकीकरणको बेवास्ता गरिँदैछ । अब विस्तारै मिडियामाथि सन्सर लगाईनेछ ।’