आत्मकथा लालटिनको उज्यालोमा सार्वजनिक

172

चैत १०,
काठमाडौं । सरस्वती ज्ञवालीको आत्मकथा लालटिनको उज्यालोमा सार्वजनिक भएको छ। शनिबार राजधानीमा एक समारोहबीच राष्ट्रिय सूचना आयोगकी सदस्य यशोदा तिम्सिना, प्राध्यापक कृष्ण चन्द्र शर्मा, डा। विन्दा पान्डे र अर्चना थापाले संयुक्त रूपमा पुस्तकको लोकार्पण गरेका हुन्। यस पुस्तकभित्र आफ्नो पहिलो सन्तानबाट अझैसम्म आमा भन्ने शब्द सुन्न नपाएकी आमाको कथा समेटिएको छ। कार्यक्रममा आयोग सदस्य तिम्सिनाले पछिल्लो क्रममा समाजमा कथित माथिल्लो व्यक्तिको आत्मवृतान्त लेख्ने चलनलाई भत्काएर ज्ञवालीको पुस्तक आउनु चानचुने कुरा नभएको स्पष्ट पारिन्। उनले भनिन, ञयो यस्तो कथा हो जहाँ एउटा परिवारिक छोरी,बुहारी, श्रीमती र आमाको समग्र कथा हो। यो पुस्तक पञ्‍चायत कालदेखि देशमा भएको परिवर्तनकारी आन्दोलनको एउटा दस्ताबेज हो । कार्यक्रममा अर्का वक्ता प्राध्यापक कृष्ण चन्द्र शर्माले पछिल्लो क्रममा आत्मवृतान्त विधा विश्वमा मौलाउँदै गएको सुनाए। उनले थपे, हाल विश्वमा ३२ तरिकाले आत्मवृन्तान्त लेखिने भए पनि लेखिकाले यीमध्ये तीन तरिकाले लेखेकी छन्।। उनले भने, ुयो पुस्तक निष्ठावान चिन्तनशील,कर्मठ महिलाको भोगाइ हो।ु यस पुस्तक ४० को दशकदेखि ७४ सम्मको नेपाली समाज, नेपालको इतिहास, राजनीति परिवर्तनको दस्ताबेज हो भन्दै टिप्पणीकार डा। विन्दा पाण्डेले पञ्चायत कालदेखि हालसम्म परिवर्तनका लागि लागेका योद्दाहरुको परिवारको कथा हो यो। उनले भनिन्, यस पुस्तकभित्र आर्थिक समस्या र पारिवारिक विचलनको हिस्सा पनि छ। २० वर्षदेखि आफू कुनै सभा समारोहमा नबोलेको भन्दै मन्चमा आएकी लेखिका सरस्वती ज्ञवालीले निष्क्रिय जिन्दगीमा बस्दा साथीहरुको कटाक्षपूर्ण प्रश्नका कारण आफूले आफ्नो जिन्दगीको भोगाइलाई समेटेर पुस्तक लेखेको बताइन्। उनले यो पुस्तक मसीले भन्दा आफ्नो आँसुले लेखेको स्वीकार गरिन्।