चैत ५,
काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालमा नेतृत्व परिवर्तन हुन नसक्दा अस्तव्यस्त भएको छ । ६ वर्षदेखि महाअधिवेशन हुन नसकेपछि युवा संघ अस्तव्यस्त भएको हो ।
२०६९ फागुन ११ गतेदेखि १३ गतेसम्म बुटवलमा भएको अधिवेशनले महेश बस्नेतलाई अध्यक्षमा निर्वाचित गरेयता महाधिवेशन हुन नसक्दा टीके अध्यक्षका भरमा युवा संघ चल्दै आएको छ । युवा संघको अधिवेशन प्रत्येक तीन(तीन वर्षमा हुन पर्ने विधानमा व्यवस्था छ ।
टीके अध्यक्षको भरमा
महेश बस्नेत मन्त्री भएपछि निरु पाल अध्यक्ष भइन् । तर उनी सर्वस्वीकार्य अध्यक्ष बन्न नसकेछि राजीव पहारी अध्यक्षलाई बनाइयो । महाधिवेशन गर्ने जिम्मेवारीका साथ अध्यक्ष भएका पहारीले तीन वर्ष बितिसक्दा पनि पद ओगटेर बसेका छन् ।उनको तीन वर्षको कार्यकालमा अहिलेसम्म एक पटक मात्रै केन्द्रीय समितिको बैठक बसाउन सकेका छन् । उनको अक्षमताका कारण एउटा बैठकको निर्णय पनि कार्यान्वयन गर्न(गराउन सकेका छैन् । आफु अध्यक्ष हुने सम्भावना नदेखिपछि पहारीले नवौँ महाधिवेशनको मिति घोषणा गरेर विनाकारण अन्तिम अवस्थामा महाधिवेशन स्थगित गरेका थिए । आठ महिनादेखि पदाधिकारीबीचमा औपचारिक(अनौपचारिक छलफल समेत हुन छाडेको छ ।
मन्त्री बनाए युवा संघ छाड्ने
युवा संघका अध्यक्ष पहारी प्रदेश नम्बर ४ को प्रदेश सभाका लागि कास्कीबाट निर्वाचित भएका छन् । उनले नेतृत्व छोड्न प्रदेश मन्त्रीको ‘बार्गेनिङ’ गरिरहेका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव ईश्वर पोखरेल लगायत नेताले पहारीलाई युवा संघ छोड्न बारम्बार दबाब दिएका छन्, तर उनी ुसांसद बनिसकेँ अब मन्त्री बनेर मात्रै युवा संघ छाड्छुु भनिरहेका छन् । उनलाई संस्थापन र माधव नेपाल दुवै पक्षबाट नेतृत्व छोड्न तीव्र दबाब छ । माधव नेपाल पक्ष सुरुवातदेखि पहारीको विपक्षमा छँदैथियो । संस्थापन पक्षका उपाध्यक्ष रमेश पौडेल र किरण पौडेल पनि पहारीको विपक्षमा उभिएका छन् । केन्द्रीय कमिटीको बैठक डाकेर महाधिवेशनको मिति तय गर्न उपाध्यक्ष पौडेलसहित १३० जना केन्द्रीय सदस्यले पहारीलाई लामो समयदेखि दबाब दिइरहेका छन् । उपाध्यक्ष पौडेलले मूल नेतृत्वमा व्यक्तिवादी चिन्तन हावी भएको र आर्थिक पारदर्शीता समेत नरहेको आरोप लगाएका छन् ।
चर्को आलोचनामहाधिवेशन गर्न ६ महिनाका लागि अध्यक्ष बनाइएका पहारीले तीन वर्ष बित्दा पनि संगठन छाड्न तयार नहुँदा कडा आलोचना भइरहेको छ । उपाध्यक्ष पौडेल लामो समयसम्म महाधिवेशन हुन नसक्दा संघ सुस्त भएको बताउँछन् । प्रदेश सभा सदस्य समेत भइसकेकोले पहारीले नेतृत्व हस्तान्तरण गर्नुपर्ने उपाध्यक्ष बताउँछन् । उनले पहारीले तीनै तहका निर्वाचनमा संगठनलाई संस्थागत रुपमा परिचालन नगरेको आरोप लगाएका छन् । युवा संघका सचिवालय सदस्य दीपक जीएमले लामो समयदेखि महाधिवेशन हुन नसकेको बताउँछन् । उनी अहिलेको नेतृत्व सम्मानित रुपमा विदा भएर नयाँलाईघ नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताउँछन् । ‘६ वर्ष भयो अधिवेशन भएको छैन, टिका लगाउने प्रथा सुरु भएको छ ।’ उनी भन्छन्, ‘अहिले नेतृत्वले सम्मानित रुपमा विदाइ भएर नयाँ नेतृत्व हस्तारण हुनु पर्छ ।’पहारीले विदा लिएमा उपाध्यक्ष राजु गुरुङ, दिलु पन्त, रमेश पौडेल र सचिव नरेश शाहीमध्ये एक नेतृत्वमा पुग्ने चर्चा छ । मुख्यतस् पौडेल र शाहीको चर्चा बढी छ । संस्थापन पक्षका पौडेल र माधव नेपालपक्षका शाही अध्यक्षमा प्रमुख दाबेदार हुन् । संगठनको पनुर्गठन गरेर रमेश पौडेललाई अध्यक्ष बनाउन संस्थापन पक्षका महेश बस्नेत र निरु पाल लागेका छन् । तर अध्यक्ष पहारीले पद छाडे मनस्थिति नबनाएका कारण त्यो सम्भव हुन नसकेको युवा संघका नेताहरु बताउँछन् । सचिव शाही सामाजिक तथा युवा आन्दोलनको नेतृत्व गर्ने युवा संघको महाधिवेशन नुहँदा निष्क्रिय भएको बताउँछन् । उनी युवा संघ र वाईसीएलबीच एकता प्रक्रियामा रहेको अवस्थामा युवा संघको पुनर्गठन जरुरी नभएको तर्क राख्छन् । ‘कसैलाई पदमा राख्न वा इतिहासमा नाम लेखाउनकै लागि पुनर्गठन गर्नु जरुरी छैनु, उनी भन्छन्, ‘ पद कसलाई पुगेको छैन भनेर पुनर्गठनको के औचित्य रु’ उनले युवा संघलाई अहिलेको नेतृत्वले मागी खाने भाँडो बनाएको आरोप लाएका छन् ।
खोई विधि र प्रक्रिया ?
सचिव शाही युवासंघ विधि, प्रक्रिया र पद्दती अनुसार चल्न नसकेको आरोप लगाउँछन । उनले आक्रोश पोखदै भने ‘विधि, प्रक्रिया र पद्दति खाइसके।’शाही प्रतिनिधिले अधिवेशनमार्फत नेतृत्व छान्न पाउने अधिकारलाई कुण्ठिन गर्नु नहुने शाहीको भनाइ छ । उनी सामाजिक आन्दोलनको नेतृत्व गर्ने युवा संघ अहिले केही नेताको लडहमा फसेको बताउँछन् । उनले एकतापछि युवाको आन्दोलनले गति लिने समेत विश्वास व्यक्त गरे । महाधिवेशन-पुनर्गठन टार्न पहारी र नेपाल पक्षकी दिलु पन्त समूहबीचमा एकता गर्न खोजिएको थियो । पछिल्लो बैठक म्याकडोनल्ड क्याफे मध्यबानेश्वरमा बसेको थियो । पहारीले आफू पनि त्यही समूहमा लाग्ने प्रतिवद्धता जनाई सहयोग लिन खोजेको आरोप उपाध्यक्ष पौडेलले लगाएका छन् ।युवा संघका इन्चार्ज एवं एमाले नेता महेन्द्र पाण्डेले २/२ पटक पुनर्गठन भइसकेकोले अब पुर्नगठन नहुने बताए । उनले पार्टी एकीकरणसँगै संयुक्त अधिवेशन गरिने बताए । ुअब पुर्नगठन हुँदैन, म इन्चार्ज हुनु पूर्व नै २(२ पटक पुनगर्ठन भइसकेछ, पुनर्गठनले संगठन चुस्त हुदैन’, उनले महाधिवेशन पनि २/२ पटक तोकिएपनि हुन नसकेको उल्लेख गर्दै भने ।
युवासंघमा ४० काटेका
युवा संघको विधानमा १६ वर्षदेखि ४० वर्षको उमेर हद तोकिएको छ । अध्यक्ष पहारी लगायत नेतृत्वमा रहेका अधिकांश ४० काटेकाको युवा संघमा बहुमत हुने अवस्था छ । उपाध्यक्ष पौडेलले उमेर हद (१६ -४०) वर्ष कायम गरिएको संगठन भएकाले हजारौँ कार्यकर्ताको राजनीतिक भविष्य अन्यौलमा परेको बताए । सचिवालय सदस्य जीएमले महाधिवेशन नहुँदा युवा संघमा ४० काटेका हाबी भएकाले निराशा बाहेक केही उपलब्धी नभएको बताए । साभारःअन्नपूर्ण पोष्ट