Saturday, October 3, 2026
Home पत्रपत्रिका गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई, यी हुन् प्रधानमन्त्री कार्यालय मातहत

गोप्य सूचना अब सीधै प्रधानमन्त्रीलाई, यी हुन् प्रधानमन्त्री कार्यालय मातहत

301

कान्तिपुर दैनिक
फागुन २७,
काठमाडौं । सरकारले समग्र गोप्य सूचना सीधै प्रधानमन्त्रीसमक्ष पुर्‍याउने गरी संयन्त्र निर्माण अघि बढाएको छ । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार नेपालको भूराजनीतिलाई समेत ध्यान दिँदै ‘राष्ट्रिय सुरक्षा सल्लाहकार एकाइ’ तथा ‘स्वतन्त्र विज्ञ समूह’ राख्ने गरी गृहकार्य बढाइएको छ । ‘शक्तिशाली प्रधानमन्त्री’ को अवधारणाअनुरूप यस्तो प्रयास भएको प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले बताएका छन् । शक्ति धेरैतिर छरिँदा निर्णय लिनै असहज हुने भन्दै प्रधानमन्त्री केपी ओलीले नै यस्तो अवधारणा अघि सारेका हुन् । कस्तो संयन्त्र बनाउने भन्नेबारे प्रधानमन्त्री कार्यालयदेखि सम्बन्धित मन्त्रालयसम्मले उनलाई सुझाव दिइरहेका छन् । बिदाको दिनसमेत मन्त्रालय पुगेर सुझाव तयार पार्ने काम भइरहेको मन्त्रालयका अधिकारीहरूले जनाए ।

प्रधानमन्त्री कार्यालय मातहत

– राष्ट्रिय अनुसन्धान विभाग

– राजस्व अनुसन्धान विभाग

– सम्पत्ति शुद्धीकरण विभाग

– गैससरअन्तर्राष्ट्रिय गैसससम्बन्धी मापदण्ड निर्माण र अनुगमन

कार्यकारीको शाक्तिलाई ध्यानमा राखेर यस्तो व्यवस्था अन्य मुलुकमा पनि गरिएको हुन्छ ।