फागुन २४,
काठमाडौं । सुनसरीको धरान र झापाको काकडभिट्टाबाट लागुऔषधसहित ५ जना पक्राउ परेका छन् । धरान उप–महानगरपालिका–११, शिवजी चौकबाट लागुऔषध बिक्रीमा संलग्न धरान–११, का बिक्रम भुजेल र लागुऔषध खरिदकर्ता सुरेशकुमार राईलाई पक्राउ गरिएको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानको टोलीले उनीहरुलाई लागुऔषध खरिद बिक्री गर्दै गर्दा पक्राउ गरेको हो । भुजेले बोकेको झोलाबाट ३ सय ४४ पिस नाइट्रोसन ट्याब्लेट, १ सय ३२ पिस स्पास्मोप्रोक्सिवन क्याप्सुल र ५४ एम्पुल टिडिजेसिक ९डाइजेल्याप, लुपिजेसिक, एभिल० ईन्जेक्सन बरामद भएको छ । यसैगरी झापाको मेचीनगर नगरपालिका ६ बाट लागुऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले लागुऔषधसहित भारत पानीटंकी बजारबाट नेपाल आउँदै गरेको अवस्थामा विराटनगरका किशोर सहनीलाई ७ पिस नाइट्रोसन ट्याब्लेट तथा झापा विर्तामोड नगरपालिका–८, बस्ने विन्नी राय क्षेत्री र प्रतिक प्रसाईलाई १ ग्राम २ सय मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरिएको हो । तीनै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको प्रहरीले जनाएको छ । उज्यालोबाट