भक्तपुरमा २१ हजार भुकम्प पीडित कता हराए ?

413

नयाँ नेपाल न्युज
फागुन २२,
भक्तपुर । भुकम्प गएको लामो समय भएपनि भक्तपुरमा निजि आवास निर्माणले गति लिन सकिरहेको छैन् ।
जिल्लामा भुकम्प पीडित भनेर पहिचान भएका लाभग्राहीको संख्या २७ हजार ६ सय ४४ रहेको छ ।
जसमध्ये २२ हजार ७ सय ९२ लाभग्राहीले पहिलो किस्ता लिएका छन् । दोस्रो किस्ता लिने लाभग्राही २ हजार ७८ रहेको राष्ट्रिय पुननिर्माण प्राद्यिकरण जिल्ला समन्वय समितिको सचिवालयका प्रमुख शिवराम गेलालले जानकारी दिएका छन् ।
पहिलो किस्ता लिनेको तुलानमा दोस्रो र तेस्रो किस्ता लिनेको संख्या एकदम न्युन रहेको गेलालले जानकारी दिएका छन् ।
जिल्लामा आवास निमार्ण सम्पन्न गरेर भुकम्प पीडितलाई सरकारले दिएको अन्तिम तेस्रो किस्ता लिनेको संख्या १ हजार ६६ मात्र रहेको कार्यालय प्रमुख गेलालले बताए । यसरी हेर्दा भक्तपुरमा पहिलो किस्ता लिएका २२ हजार ७ सय ९२ लाभग्राहीले मध्ये तेस्रो किस्ता लिने १ हजार ६६ मात्र भएकाले २१ हजार ७ सय ६६ लाभग्राही बिचमै हराएका छन् ।
यसरी पहिलो, दोस्रो र तेस्रो किस्तासम्म आउदाँ धेरै घर बनाउन नसक्दा भक्तपुरमा निजि आवास निर्माणले गति लिन सकिरहेको छैन् । भक्तपुरका सूर्यविनायक, चाँगुनारायण, भक्तपुर र मध्यपुरथिमी नगरपालिका मध्ये सबैभन्दा लाभग्राही चाँगुनारायण नगरपालिकामा १० हजार ६ सय ४७ जना रहेका छन् ।
उक्त नगरपालिकामा ८ हजार ९ सय ९७ पहिलो, ६ सय ७२ दोस्रो र ४ ८९ लाभग्राहीले तेस्रो किस्ता लिएका छन् ।
भक्तपुरमा जग्गा विवाद र स्वामित्व सम्बन्धी समस्याले गर्दा निजि आवास निर्माणले गति लिन नसकेको कार्यालयले जानकारी दिएको छ ।