काभ्रेको कारागारभित्र नाराजुलुस

244

२१ फागुन,
काभ्रे । जिल्ला कारागार काभ्रेमा कैदीबन्दीहरुले सोमबार विहानदेखि नारा जुलुससहित आन्दोलन थालेका छन् ।
दैनिक उपभोग्य खाद्यन्नमा नाइकेहरुले मनलाग्दी भाउ लिएको र आर्थिक हिनामिना गरेको आरोपमा कैदीहरुले आन्दोलन थालेका हुन् ।
सोमबार विहानदेखि कैदीहरुले खाद्यन्नमा अनावश्यक मुल्य वृद्धि गरेको भन्दै कारागारभित्रै नाराजुलुस गरेका जिल्ला कारागारले जनाएको छ ।
कैदीहरुले चौकिदार, मुलनाइके, नाइके र सहनाइकेहरुलाई कारागारभित्र नै थुनेर राखेका छन् । कैदीहरुले उपभोग गर्ने खाना खाजा र पानीमा नाइके, मुल नाइकेले बजार मूल्य भन्दा बढी देखाउने गरेको र दूषित वस्तुहरुको उपभोग गर्न बाध्य भएको उनीहरुले बताएका छन् । कारागार प्रमुख बाहिर रहेकाले समस्या समाधानका लागि दुई पक्षबीच वार्ता गराउने तयारी भएको प्रमुख जिल्ला अधिकारी शिवप्रसाद शिंखडाले जानकारी दिए ।