गुण्डाराज अन्त्य गर्न प्रहरीको एक्सनः ४ वर्षमा ६ ‘इन्काउटर’

562

नयाँ नेपाल न्युज
फागुन ९,
काठमाडौं । २०७१ साल साउन २१ गते प्रहरीले काठमाडौंको भीमढुङ्गामा गुन्डा नाइके दिनेश अधिकारी ‘चरी’ लाई इन्काउन्टरमा मारेको थियो । चरी एमाले निकटका गुण्डा नाइके चरीमाथि इन्काउटर हुँदा गृहमन्त्री एमालैकै उपाध्यक्ष वामदेव गौतम थिए । दोस्रो पटक २०७२ साल भदौ ३ गते प्रहरीको जवाफी फायरिङमा सामाखुसीलाई आधार क्षेत्र बनाएर गुन्डागर्दी गर्दै आएका ‘घैँटे’ भनिने कुमार श्रेष्ठ मारिए । महानगरीय अपराध महाशाखाको टोली घैटेलाई पक्राउ गर्न उनको घर कपुरधारा पुग्दा प्रहरीमाथिनै आक्रमण गरेका घैंटेलाई प्रहरीले इन्काउन्टर गरेका थियो । घैटेलाई शरीरका विभिन्न ठाँउमा गरी ८ वटा गोली लागेको थिया े। घैंटे इन्काउन्टरमा मारिएपछि केही कांग्रेस नेताले विरोधसमेत जनाए । पछि त्यो घटना पनि सेलाउँदै गयो । त्यतिबेला महानगरीय अपराध महाशाखाको जिम्मेवारी डीआईजी सर्वेन्द्र खनालले लिएका थिएका थिए । खनाल अहिले एआइजी भइसेकाका छन् । त्यस्तै २०७३ साल असारमा गुन्डागर्दीमा संलग्न जसवन्त राईलाई पक्राउ गर्न जाँदा प्रहरीमाथि नै रड प्रहार गरेपछि प्रहरीले गोली चलाएको थियो । कालीमाटी तथा कंलकी क्षेत्रमा तरकारी पसलदेखि नाङ्लोमा व्यापार गर्ने तथा होटल र रेष्टुरेण्टमा हप्ता असुली गर्दै आएका राईलाई प्रहरीले खोजी गरिरहेको थियो । काठमाडौंको बुद्धनगरबाट पक्राउ गर्ने खोज्दा प्रहरीमाथि रड प्रहार गरी भाग्न खोज्दा राईको खुट्टामा गोली हानिएको थियो । ललितपुर कुसुन्तीका ३२ वर्षिय प्रवीण खत्री प्रहरी इन्काउन्टरमा मारिए । प्रहरीका अनुसार खत्रीले गोली चलाएपछि जवाफी कारबाही गरेको तर खत्रीले आफैंले कन्चटमा गोली हानेको प्रहरीले दाबी गरेको छ । गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ ।
बिहान करिब ४ बजे देवदह–४ भवानीपुरमा गोली लागेर ढलेका दुवैजनालाई लुम्बीनी अञ्चल अस्पताल लगिएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख (एसपी) श्याम ज्ञवालीका अनुसार अस्पतालले दुवैलाई मृतक घोषणा गरिसकेको छ । ‘केन्द्रिय अनुसन्धान ब्युरोकोको शिषेश सुचनाको आधारमा देवदह–४ भवानीपुरमा हामीले सर्च अपरेशन चलाएका थियौं’ रुपन्देहीका एसपी ज्ञवालीले भने, ‘मोटरसाईकलमा सवार दुई जनासँग मुठभेट भएको छ, अञ्चल अस्पतालले दुवैलाई मृतका घोषणा गरिसकेको छ ।’ गएको ४ वर्षमा नेपाल प्रहरीले ६ वटा ‘इन्काउटर’ र्गयो, जसमा ५ जनाको मृत्यु भएको छ । गुण्डागर्दीको आडमा विभिन्न अपराधिक गतिविधिमा संलग्न भएर समाजमा त्रास फैलाउनेलाई पक्राउ गर्न खोज्दा प्रहरीमाथिनै गोली चलाउन खोज्दा गरिने प्रहरीको जवाफी कारबाहीनै इन्टकाउण्टर हो । प्रहरीको ‘इन्काउटर’ मा परी गुण्डा नाइके दिनेश अधिकारी चरी, अर्का गुण्डा नाइके कुमार घैँटे, मनोज पुन, सोम घले, लागुऔषध दुर्वेशनी प्रविण खत्रीको मृत्यु भयो भने बाँकीलाई प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको छ । मृत्यु भएका ४ जनाबाट प्रहरीले हतियार पनि बरामद गरेको छ ।