फागुन १३,
काठमाडौ । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बसिरहेका बेला भातृ संगठन नेविसंघले कार्यालय बाहिर प्रदर्शन गरिरहेका छन् । कांग्रेसभित्रको तीव्र गुटबन्दी अन्त्य गर्न माग गर्दै नेपाल विद्यार्थी संघ आबद्ध नेता, कार्यकर्ताले आइतबार केन्द्रीय कार्यालयमा धर्ना दिएका हुन् । उता पार्टी बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति देउवामाथि गम्भीर प्रश्न उठाएका छन् । आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पौडेलले लिखितरुपमै आफ्नो धारणा राख्दै देउवामाथि पार्टीलाई उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा पुर्याएको आरोप लगाएका छन् ।
पत्रको सुरुमा नै १३ औं महाधिवेशनलगत्तै आफूले भेटेर समूहको संरक्षक होइन, सिंगो कांग्रेसको बन्न आग्रह गरेको स्मरण गर्दै वरिष्ठ नेता पौडेलले भनेका छन्, तर, तपाई तयार हुनु भएन । परिणाम आज के भयो ? कांग्रेसले कांग्रेसलाई हराएर आनन्द मान्ने ठाउँमा पुग्यौं ।’
पार्टीको सबै निकाय, भातृ संगठन अस्तव्यस्त रहेको भन्दै उनले पार्टी सभापति देउवालाई प्रश्न गरेका छन्, ‘तपाईले के गर्नुभयो रु एउटा काम तपाईले गर्नुभयो(आफ्नो गुटको भरणपोषण ।’
अघि भने, ‘हो तपाईको आफ्नो गुट मजवुद बन्यो होला तर, विचरा कांग्रेस झनझन दुर्वल बन्यो । उठ्नै गाह्रो हुने गरी लथालिंग हालतमा, दुःख पाएका निष्ठावान कार्यकर्ता आम रुपमा उपेक्षित र कुठित ? ’ पौडेलले पार्टी सभापतिमाथि कम्युनिष्टलाई सत्ता सुम्पिएको र कामचलाउ सरकार भएपछि जनतालाई दिएको राहतसमेत जसभन्दा अपजसको भारी बनेको बताएका छन् । उनको प्रश्न छ, ‘समयमै किन नगरेको ?’
देउवाको नेतृत्वमा न पार्टी भल्यो न सरकार भन्दै पौडेलले विधान अनुसार प्रदेश अधिवेशन किन नगरेको, धनुषा जिल्ला कमिटीविहीन किन बनाइयो भन्ने प्रश्न पनि पार्टी सभापतिमाथि उठाएका छन्
झन्डा, ब्यानरसहित बिहान करिब ९ बजे सानेपा कांग्रेस कार्यालय पुगेका नेवि संघका कार्यकर्ताले मूलढोकामा धर्ना दिँदै नाराबाजी समेत गरेका थिए । त्यस क्रममा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा भाग लिन पुगेका सभापति शेरबहादुर देउवालाई उनीहरुले पार्टीभित्रको गुटबन्दी अन्त्यको माग गर्दै चस्मा उपहार दिएका थिए । पार्टी भित्रको समस्या देउवाले देख्न नसकेको भन्दै उनीहरुले चस्मा दिएका दिए । तर सभापति देउवाले चस्मा लिन मान्नु भएन । पार्टीको नेतृत्वबाट विश्राम लिन र युवा पुस्तालाई नेतृत्व छाड्न उनीहरुले माग गरेका थिए ।














