पुस २३ ।
भक्तपुर । नेपाल पत्रकार महासंघ भक्तपुरको २१ औ स्थापना दिवसको अवसरमा महासंघ भक्तपुरले प्रदान गर्दै आएको स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार एक कार्यक्रमको बिच प्रदान गरीएको छ ।
आइतबार आयोजित कार्यक्रममा नेपाल मजदुर किसान पार्टी नारायणमान बिजुक्छेले भक्तपुरका क्रियाशिल पत्रकार शुसिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरेका छन् ।
थापालाई नगद रु २ हजार ५ सहित सम्मान गरिएको हो ।
दुई दशकदेखि पत्रकारितामा क्रियाशिल थापा हाल रफत संञ्चारक्लबका केन्द्रिय अध्यक्ष हुन । उनी भक्तपुर न्युज डट कम र सगरमाथा टेलिभिजनमा कार्यरत छन् ।
पुरस्कार वितरण समारोहमा बोल्दै नेमकिपाका अध्यक्ष बिजुक्छेले बाम गठबन्धन टुटाउन चलखेल भइरहेको बताए ।
उनले यो गठबन्धन स्वार्थी धेरै भएकाले टिक्नेमा समेत शंका व्यक्त गरेका छन् ।
बिजुक्छेले कार्यक्रममा बोल्दै पत्रकारितामा आस्था भएपनि पेशागत रुपमा भने त्यो मर्यादित हुनु पर्ने बताएका छन् ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष दिलिप थापामगर, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, प्रेस चौतारीका केन्द्रिय सदस्य सोम शर्मा बजगाई, क्रियाशिल पत्रकार मञ्चका अध्यक्ष रमेश गिरीलगायतले पत्रकारले सत्य तथ्य र निश्पक्ष समाचार संकलनमा ध्यान दिनु पर्ने बताएका छन् ।