जहाज रोक्ने क्रममा धावन मार्गमा चितुवा

301

चैत २१, काठमाडौँ ।
आज बिहान ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा रहेको ड्रेन (पानी बग्ने नाला) भित्र एक्कासि चितुवा छिरेपछि समस्या भएको छ ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता प्रेमनाथ ठाकुरले जानकारी दिए अनुसार बुद्ध एयरका पाइलटले जहाज रोक्ने क्रममा चितुवा देखेपछि चितुवा आत्तिएर ड्रेनभित्र पसेको थियो। प्रवक्ता ठाकुरले चितुवालाई अहिले ड्रेनको दुवै मुख थुनेर राखिएको र राति १२:३० बजे सम्पूर्ण उडान सकिएपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र एयरपोर्टका कर्मचारी मिलेर उद्धार गरिने बताए।