आर आरमा चुनाव , बाहिर झडप

414

केही विद्यार्थी संगठनको बहिस्कारकाबीच प्रर्दशनीमार्गस्थित आरआर क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन अगाडि बढेपछि तनाव उत्पन्न भएको छ । त्यसैक्रममा प्रदर्शनकारी र प्रहरीबीच झडप समेत भएको छ । विद्यार्थीहरुले ढुंगामुढा गरेका छन् ।
उच्च सुरक्षाका बीच आरआर क्याम्पसमा मतदान भइरहेको छ । बाहिर भने नाराबाजी भएको छ र तनाव बढ्दो छ भने सर्वसाधारणलाई समेत त्यस क्षेत्रमा आवत जावतमा निषेध गरिएको छ ।
फागुन २३ का लागि तय भएको आरआरको स्ववियु चुनाव निर्वाचन आयोगको निर्देशनपछि रोकिएको थियो । तर, सर्वोच्च अदालतले चुनाव रोक्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश लिएपछि चुनाव भएको हो । आरआरमा करिव ३ हजार भन्दा बढी मतदाता छन् ।