आफु विरुद् आफ्नै पाटीका सांसदलागेपछि प्रचण्डले बैठक बोलाए

296

चैत ९,
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसदहरुले राष्ट्रिय राजनीतिमा पेचिला मुद्दा आइरहेका बेला पनि लामो समय सम्म संसदीय दलको बैठक नडाकेर अन्यौल श्रृजना गरेको भन्दै संसदीय दलका नेता पुष्पकमल दाहालको विरोध गरेका छन् । सिंहदरबारमा बसेको नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठकमा सांसदहरुले लामो समय सम्म बैठक बस्न नसक्नुको कारण स्पष्ट पार्न प्रधानमन्त्री समेत रहेका दलका नेता दाहालसंग माग गरका हुन् । स्थानीय तहको निर्वाचनको घोषणा संगै मुलुकमा विकसित राजनितिक घटना क्रमका बारेमा छलफल गरी स्पष्ट राय बनाउनका लागि पनि संसदीय दलको बैठक निरन्तर राख्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै दाहालप्रति आक्रोश पोखे । बैठकमा व्यवस्थापिका संसद बैठक लम्बिएको बारेमा पनि सांसदहरुले प्रश्न गरेका थिए । संसदको चालु अधिवेशन बर्षे वा हिउँदे के हो भन्ने बारे अन्यौल भएको भन्दै उनीहरुले त्यसबारे पनि स्पष्ट पार्न आग्रह गरे । बैठकमा सात वटै प्रदेशका संयोजकले मुलुकमा विकसित राजनीतिक घटनाक्रम, निर्वाचन, सरकार र पार्टी लगायत विषयवस्तुमा दलमा पर्याप्त छलफल आवश्यक भएको भन्दै दलका नेताको ध्यानाकर्षण गराएको प्रमुख सचेतक टेक बहादुर बस्नेतले जानकारी दिए । बैठकमा दाहालले स्थानिय तहको निर्वाचन हुने मा शंका नगर्न नगरी सफल पार्न एक जुट हुन पनि सबैलाई आग्रह गरे । बैठकमा प्रधानमन्त्री दाहालले आफ्नो चिन भ्रमण बारे सामान्य जानकारी गराएका थिए । प्रधानमन्त्रीको व्यस्ततको कारण भन्दै बैठक विहिबार बस्ने गरी स्थगित भएको छ । यसैगरि पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको आफ्नो दल माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठक बोलाएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो एक बजे बस्ने बैठकमा आफ्नो चीन भ्रमण, दलहरूसँग भएको छलफल, निर्वाचनको तयारी, प्रहरी महानिरीक्षकको बढुवा विरुद्ध सर्वोच्चको फैसला आदिका विषयमा छलफल हुने स्रोतले जनाएको छ । केन्द्रीय कार्यालयको बैठकमा मधेसी मोर्चा मोर्चालाई पनि साथ लिएर अगाडि बढ्ने विषयमा संविधान संशोधनको कुरालाई कसरी अगाडि बढाउने भन्नेबारेमा छलफल हुने जनाइएको छ । बैठकमा सर्वोच्च अदालतको फैसला र प्रहरी महानिरीक्षक नियुक्तिका विषयमा पनि छलफल हुने सक्ने माओवादीका एक सदस्यले बताए ।