सडकमै अश्रुग्यासले कोमल ओली ढलेपछि

327

चैत ७,
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार दिउँसो आयोजना गरेको निर्वाचन आयोग धर्नाका क्रममा पार्टी केन्द्रीय सदस्य कोमल ओली बेहोस भएर ढलेकी छिन्। जमल चोकबाट बहादुर भवनतर्फ अघि बढ्ने क्रममा प्रहरीविरुद्ध ढुंगा प्रहार भएपछि जवाफमा प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो।
जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका थिए। त्यति बेलै प्रहरीले प्रहार गरेको अश्रुग्यास सेल ओली नजिकै खसेको थियो।
निर्वाचन आयोगले पार्टी विधानबाट हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र हटाइदिएको विरोधमा सोमबार आयोग धर्नाको कार्यक्रम राखेको हो। प्रहरीले पाँच सेल अश्रुग्यास प्रहार गरेको थियो। जुलुसको नेतृत्व गरी जमल चोकबाट निर्वाचन आयोगतर्फ अघि बढ्ने क्रममा प्रहरीसँग झडप हुँदा जुलुसको नेतृत्व गरेका बरिष्ठ नेता पशुपतिसम्शेर राणा घाइते भएका थिए। त्यति बेलै प्रहरीले प्रहार गरेको अश्रुग्यास सेल ओली नजिकै खसेको थियो।
अश्रुग्यासका कारण उनी फेन्ट भएर ढलेकी थिइन् ।
उनको मोडल अस्पताल उपचार भइरहेको छ ।