चैतमा प्रेस युनियनको राष्ट्रिय भेला हुने

239

फागुन २६,
काठमाडौं । नेपाल प्रेस युनियनले चैत अन्तिम साता राष्ट्रिय भेला गर्ने भएको छ । साथै बैशाख दोस्रो साता केन्द्रीय साधारण सभा गर्ने निर्णय भएको छ । सचिवालयको वैठकले वैठकले जिल्ला अध्यक्षहरु, नेपाल पत्रकार महासंघमा निर्वा्चित शाखा अध्यक्षहरु, कार्यसमितिमा युनियनका तर्फबाट नेतृत्व गर्नेहरु र अध्यक्षका प्रत्यासी समेतको राष्ट्रिय भेला पोखरामा चैत्र २६ गते गर्ने निर्णय गरेको छ । केन्द्रीय साधारण सभा वैशाखको दोस्रो साता गर्ने तय गर्दै मिति तोक्ने जिम्मा केन्द्रीय समितिको वैठकलाई दिएको छ । केन्द्रीय समितिको बैठक चैत १६ गते बाँकेको कोहलपुरमा गर्ने निर्णय भएको छ । बैठकले नेपाल प्रेस युनियनको विधानलाई संघीय संरचना अनुसारको बनाउन उपाध्यक्ष दिपक आचार्यको संयोजकत्वमा उपाध्यक्ष वाला अधिकारी, महासचिव अजयबाबु शिवाकोटी,वागमती क्षेत्रीय संयोजक रमेश खतिवडा, सुदुरपश्चिम क्षेत्रीय संयोजक लाल बहादुर ऐरी र केन्द्रीय सदस्य दिलिपा अधिकारी रहेको एक कार्यदल बनाउने निर्णय भएको छ । साथै नेपाल पत्रकार महासंघ पर्सा शाखाको अधिवेशनमा संगठनको हीत विपरित काम गरेको भन्दै नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य तथा मधेश विभाग प्रमुख विजय कुशवाहलाई तत्काल पदबाट निलम्बन गरेको छ ।