नेपाली सेनाका उपसेनानीले विवाह गरेको केही दिनमा लगाए, श्रीमतीलाई बोक्सीको आरोप

562

फागुन २६ ,
काठमाडौ । तराईमा मात्र सुन्ने गरेको बोक्सीको घटना अब काठमाडौमापनि सुनिन थालेको छ । त्यो पनि शिक्षीत परिवार भित्र विवाह गरेको केही दिन मै श्रीमतीलाई बोक्सीको आरोप । यही फागुन १२ गते वैवाहिक बन्धनमा बाँधिएकी युवतीलाई परिवारले बोक्सीको आरोपमा घरबाट निकालिदिएपछि प्रहरीको शरणमा पुगेकी छन् । गोकर्णेश्वर नगरपालिका–१६ आरुबारीकी उपमा भण्डारी विवाह बन्धनमा बाँधिएको केही दिनपछि नै परिवारले दाइजो कम ल्याएको निहुँमा बोक्सीको आरोप लगाई घर निकाला गरेको आरोप छ । भण्डारी गोकर्णेश्वर नगरपालिका–१५ बेँसीगाउँमा दिनेश केसीसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । भण्डारीले बुधबार महानगरीय प्रहरी वृत्त बौद्धमा उजुरी दिएको प्रहरी सहायक निरीक्षक शुक्र राईले जानकारी दिए । केसी सैनिक जनसम्पर्क निर्देशनालयमा उपसेनानी पदमा कार्यरत हन ्।दुवै पक्षलाई राखी बुधबार वृत्त बौद्धमा छलफल गराइयो, छलफलमा दुवै पक्षले कानुनी प्रक्रियामा अघि बढ्ने सहमति जनाएकाले भण्डारीकी सासु राधिका केसीलाई नियन्त्रणमा लिइएको छ, दिनेश सेनामा कार्यरत भएकाले बोलाएका बेला हाजिर हुने सर्तमा छाडिएको छको प्रहरीको भनाई छ । मागी विवाह भएको दुई हप्ता पनि नबित्दै राजधानीमै सेनामा कार्यरत उपसेनानी दर्जाका जिम्मेवार व्यक्तिले श्रीमतीलाई घर निकाला गर्नुलाई गम्भीर घटना भएको सरोकारवालाहरुको भनाई छ ।