सेनाका प्रवक्ता उपरथीमा बढुवा

325

फागुन १६,
काठमाडौं । नेपाली सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्की मानार्थ उपरथीमा बढुवा भएका छन् । कार्कीलाई सोमबार जंगी अड्डामा आयोजित एक कार्यक्रमका बीच प्रधान सेनापति राजेन्द्र क्षत्रीले मानार्थ उपरथी पदको दज्यानी चिन्ह प्रदान गरेका छनु् ।
सैनिक सेवा नियमावली २०६९ मा व्यवस्था भए अनुसार नेपाली सेनाका साधारण तर्पmका सहायक रथी तारा बहादुर कार्कीको कार्यदक्षता र विशेष योगदानको आधारमा सिफारिस भए अनुसार मन्त्रीपरिषद्ले उनलाई मानार्थ उपरथी दर्जाकोे दज्र्यानी चिन्ह प्रदान गर्ने निर्णय गरेको थियो ।
साथै सोही समारोहमा महा सेनानी पाईलट कुमार रायमाझीलाई प्रधान सेनापति श्री क्षत्रीले सहायक रथीपाईलट दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।