हस्तमैथुनबाट हुन्छ स्वास्थ्यमा फाइदै फाइदा

464

काठमाडौं । हस्तमैथुन स्वास्थ्य सेक्स जीवनको एक महत्वपूर्ण हिस्सा मानिन्छ । हस्तमैथुन हात वा अन्य कुनै चीजबाट यौन आनन्द प्राप्त गर्ने तरिका पनि हो । केही समाजमा आमरुपमा यसलाई अनैतिक र हानिकारक मानिन्छ । विशेषज्ञका अनुसार त्यसको ठीक उल्टो सुखको अनुभूतिका साथै पुरुष र महिलाको स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । हस्तमैथुनले फाइदा पनि हुन्छ ।
हस्तमैथुनबाट महिनावारीसँग जोडिएको समस्यालाई टाढा भगाउन सकिने यौन विषेशज्ञहरूले जनाएका छन् । महिनावारीका क्रममा हुने दुखाईदेखि हस्तमैथुनबाट निस्कने रसायनका कारण राहत मिल्ने गर्छ ।
फिनबर्ग स्कुल अफ मेडिसिनमा स्त्री र प्रसुति रोगका प्राध्यापक लारा स्ट्रिचर भन्छिन्, ‘हस्तमैथुनबाट यौनीको सुखापन कम हुन्छ र दुखाईबाट राहत मिल्दछ ।
सेक्सुअल एन्ड रिलेशनसिप थेरापीका अनुसार यसबाट रोग प्रतिरोधक क्षमता बढ्दछ र संक्रमणबाट समेत बचाउँछ । केही शोधमा पत्ता लागेको छ कि जुन मानिसमा अर्गेज्म धेरै हुन्छ उसमा इम्युनोग्लोबिनएको मात्रा धेरै हुन्छ । जो रुघाखोकीबाट बच्न सहायक हुन्छ ।
फ्रेन्च इन्स्टीट्युट अफ हेल्थ एण्ड मेडिकल रिसर्चको अध्ययन अनुसार हस्तमैथुनपछि राम्रो निद्रा पनि लाग्ने गरेको देखाएको छ । अनिद्रालाई टाढा राख्नका लागि यो सबैभन्दा सुरक्षित तरिका रहेको र खासगरी केटाहरूका लागि लाभदायक मानिन्छ ।
यसबाट शारीरिक र मनोवैज्ञानिक स्तरमा आनन्दको महसुस हुन्छ । मानिसहरुमा हस्तमैथुनले यौन सम्बन्धमा असर पर्छ भन्ने भनाई रहेको पाइन्छ । विशेषज्ञका अनुसार यो धाराणा गलत हो । यसको विपरित हस्तमैथुनबाट एक राम्रो यौन सम्बन्ध बनाउने मौका मिल्ने अध्ययनमा उल्लेख गरिएको छ ।