सुन जस्तो पहेँलो धातु बोकेर ठग्न हिँड्ने पक्राउ

221

काठमाडौं । सुन भन्दै झुक्याएर ठग्ने नियतले सुनजस्तै देखिने दुई केजी पहेँलो धातु बोकेर हिँड्ने तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक हजाम–३ घर भई हाल पेप्सीकोला डेरा गरी बस्ने २४ बर्षीय चिनबहादुर श्रेष्ठ, पान्टाङ–२ घर भएका २५ बर्षीय उपेन्द्र श्रेष्ठ र गोल्छे–२ बस्ने २७ बर्षीय मिलन लामा रहेका छन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरी र प्रहरी वृत नयाँ बानेश्वरबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई पेप्सिकोला स्थित हिम गणेशमार्गबाट पक्राउ गरेको हो । उनिहरुको साथबाट सुन जस्तो देखिने पहेलोधातु २ केजी र नगद १ लाख रुपैयाँ बरामद गरिएको बानेश्वर वृतका डिएसपी नारायण चिमौरियाले जानकारी दिए ।