Friday, October 30, 2026
Home समाचार सिँचाइ विभागका महानिर्देशक रजौरिया पक्राउ

सिँचाइ विभागका महानिर्देशक रजौरिया पक्राउ

3

काठमाडौँ । सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरिया पक्राउ परेका छन्।अनुगमनका लागि मधेश प्रदेश पुगेका रजौरियालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो। प्रहरीले उच्च स्रोतले दिएको जानकारी अनुसार उनलाई सिराहबाट नियन्त्रणमा लिएर काठमाडौँमा ल्याइँदैछ। उनी किन पक्राउ परे भन्नेबारे खुलेको छैन। स्रोतले प्रधानमन्त्री कार्यालयको चासोपछि उनलाई नियन्त्रणमा लिएको बताएको छ।