Tuesday, October 13, 2026
Home राजनीति कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा गगन थापाको जोड

कांग्रेसबाट टाढिएकाहरूलाई पार्टीमा फर्काउनुपर्नेमा गगन थापाको जोड

5

पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए।पोखरा : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका नेता तथा कार्यकर्तालाई पुनः पार्टीमा फर्काउनुपर्ने बताएका छन्। पूर्वसहायकमन्त्री प्रकाशबहादुर गुरुङको १३औँ पुण्यतिथिमा नेपाली कांग्रेस अन्नपूर्ण गाउँपालिकाले आज यहाँ आयोजना गरेको शोकसभामा उनले पार्टीप्रति असन्तुष्टि जनाउँदै टाढिएका नेता तथा कार्यकर्तालाई समेट्नुपर्ने बताए। सभापति थापाले कांग्रेस ठूला नेताहरूको मात्र नभई गाउँमा बस्ने र पार्टी निर्माणमा योगदान दिएका सबैको पार्टी भएको स्पष्ट पारे। सभामा दिवङ्गत नेता गुरुङले पार्टी र समाजमा पुर्‍याएको योगदानको स्मरण गरिएको थियो। कार्यक्रममा कांग्रेसका नेता, कार्यकर्ता तथा शुभेच्छुक सहभागी थिए।