पहिरो पन्छाएपछि कर्णाली राजमार्ग एकतर्फी सञ्चालनमा

6

सुर्खेत । कर्णाली राजमार्गअन्तर्गत दैलेख सडक खण्डको दुल्लु नगरपालिका–१० भल्लुको खोलामा गएको पहिरो पन्छाएपछि सडक एकतर्फी रूपमा सञ्चालनमा आएको छ । मंगलबार बेलुकीदेखि पहिरोका कारण अवरुद्ध भएको सडक बुधबार बिहान पहिरो हटाएपछि १० बजेदेखि एकतर्फी रूपमा सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार सडकमा खसेको पहिरो हटाएपछि अहिले सवारीसाधनलाई एकतर्फी रूपमा आवतजावत गर्न दिइएको छ ।पहिरोका कारण सडक अवरुद्ध भएपछि राजमार्गमा केही समय सवारीसाधनको आवागमन पूर्ण रूपमा रोकिएको थियो ।