भक्तपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चाँगुनारायण नगर समितिका सचिव प्रमोद न्यौपाने पक्राउ परेका छन् । मंगलबार साझँ भक्तपुर नगरपालिका वडा न. ९ च्यामासिङ्ग स्थित आफ्नै कार्यालयबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण भु-सेवा केन्द्र तथा रियल स्टेटका सन्चालक न्याैपानेलाई पक्राउ गरेको जानकारी दिएको छ । न्यौपानेले मालपाेत तथा नापि कार्यालयबाट हुने जग्गा कित्ता काट सम्वन्धि कार्यलाई सहज प्रकृया मिलाईदिने भनी आश्वासन दिएको भन्दै पीडितले प्रहरीमा उजुरी दिएका थिए । यसबारे थप अनुसन्धान भइ रहेको प्रहरीले बतायो ।
यसबारे रास्वपा चागुँनारायाणका सभापति रोशन थापासंग जानकारी लिदा उनले प्रहरीले अनुसन्धानकोलागी नियन्त्रणमा लिएको पुष्टि गरेका छन् ।













