दशौंं भक्तपुर महोत्सवः पहिलो दिनमै ‘लन्डन ब्रिज’ हेर्नेको घुइँचो

1

भक्तपुुर । दशौं ‘भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव विहिबारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले गरेका थिए । भक्तपुरको सल्लाघारीस्थित चौउरमा महोत्सवको विशेष आकर्षणका रूपमा ‘लन्डन ब्रिज’ राखिको छ । महोत्सव नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर भक्तपुरमा आयोजना भएको हो । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाईज ब्याण्डको आयोजनामा महोत्सव सल्लाघारीस्थित चौउरमा ११ दिनसम्म संचालन हुने संयोजक दिपक थापाले जानकारी दिएका छन् ।साथै महोत्सवमा बालबालिकाका लागि रोटे पिङ, ड्रागन ट्रेन, नाउ लगायतका मनोरञ्जनात्मक खेल साधनहरू व्यवस्था गरिएको छ, संयोजक थापाले भने ।“भक्तपुरलाई उद्योग, संस्कृति र कृषि क्षेत्रको संगमका रूपमा स्थापित गर्ने उद्देश्यका साथ विगत वर्षहरूदेखि निरन्तर रूपमा यो महोत्सव आयोजना गर्दै आएका छौं,” संयोजक थापाले भने ।

उपभोक्तालाई एउटै स्थानमा दैनिक उपभोग्य वस्तुदेखि आवश्यक सामग्रीसम्म सहज रूपमा उपलब्ध छ । साथै स्थानीय उत्पादन, उद्योग तथा व्यवसायको प्रवद्र्धन गर्नु पनि महोत्सवको अर्को मुख्य उद्देश्य रहेको संयोजक थापाको भनाई रहेको छ । ती स्टलहरूमा खाद्यान्न, लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकला सामग्रीहरू बिक्री तथा प्रदर्शनीका लागि राखिएको छ ।
औद्योगिक उत्पादन, सूचना प्रविधि, अटोमोबाइल, कृषि औजार, इलेक्ट्रोनिक्स तथा मोबाइल सामग्रीहरूको पनि प्रदर्शनी गरिए औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए । त्यसैगरी विभिन्न परिकारसहितको खाना महोत्सव, फेसन शो, नृत्य तथा हास्यव्यङ्ग्य कार्यक्रम तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति (विशेष कन्सर्ट) दैनिक रूपमा आयोजना अध्यक्ष महतको भनाई छ । महोत्सवले उद्योग, व्यापार, पर्यटन तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्नका साथै स्थानीय उत्पादनलाई बजार उपलब्ध गराएका छ ।

महोत्सवमा १ सय ५० भन्दा बढी स्टलहरू रहेको छ । प्रवेशका लागि विद्यार्थीका लागि रु. ५० तथा सर्वसाधारणका लागि रु. १०० टिकट दर निर्धारण गरिएको छ । २०८२ बैशाख ५ र ६ गते ख्यातिप्राप्त कलाकार सहभागी सांस्कृतिक कार्यक्रम (कन्सर्ट) आयोजना गर्ने निर्देशक सुनिल बज्राचार्यले बताए ।

आगामी चैत्र २६ गतेदेखि नयाँ सालको वैशाख ६ गतेसम्म सञ्चालन हुने महोत्सवमा रहेका स्टलबाट करिब ५ करोडको व्यापार हुने र २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले अपेक्षा गरेको छ । महोत्सव हेर्न काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, दोलखा, रापेछाप, सिन्धुलीलगायतका जिल्लाबाट स्थानियहरु आउने गरेका छन् ।