उपसभामुख राप्रपालाई दिने संकेत

3

काठमाडौं । संविधानअनुसार सभामुख र उपसभामुख फरक दलबाट हुनुपर्ने प्रावधानका छ । यहिँ कारणले गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० संसदीय दलका नेता ज्ञानेन्द्र शाहीबीच भेटवार्ता भएको बुझिएको छ । कारण रासपा प्रतिपक्षसँग सहकार्य गर्नुपर्ने अवस्थामा देखिएको छ। रास्वापा राप्रपासँगको संवादलाई रणनीतिक रूपमा हेरिएको छ।
उक्त भेटघाटले नेपाली राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ। शनिबार उनीहरुबीच लामिछानेको निवासमा करिब एक घण्टा लामो छलफल भएको हो । उक्त भेटलाई निर्णायक वार्ताका रूपमा व्याख्या गरिएको छ। भेटमा प्रतिनिधि सभाको उपसभामुख पदका लागि सम्भावित सहकार्य, संसदभित्रको रणनीति तथा आगामी राजनीतिक दिशा विषयमा गहन छलफल भएको बताइएको छ। रास्वपाले सभामुख पदमा डीपी अर्याललाई अघि बढाएर निर्वाचित गरिसकेको अवस्थामा अब उपसभामुख पदमा कसरी अगाडि बढ्ने भन्ने विषय केन्द्रमा रहेको स्रोतको भनाइ छ।