महिलाले व्यवस्थापन गर्दै छन् जुम्लाको यो मतदान केन्द्र

4

जुम्ला : प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन्। जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगी सबै महिला कर्मचारीले निर्वाचन सम्पन्न गराउने भएका छन्। मुख्य निर्वाचन अधिकृत आनन्दराज पन्तले निर्वाचन आचारसंहिता २०८२ पूर्ण रूपमा पालन गर्दै शान्तिपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन महिला कर्मचारी प्रतिबद्ध रहेका बताउनुभयो । शान्तिपूर्ण, मर्यादित र व्यवस्थित निर्वाचनका लागि राजनीतिक दल र पत्रकारसहित सबै सरोकार भएकाको भूमिका महत्त्वपूर्ण हुने पद्दतले बताए। प्रमुख जिल्ला अधिकारी दीपक पौडेलले पनि आमसञ्चारमाध्यमको भूमिका निर्णायक हुने भएकाले सकारात्मक सन्देशसहित सामग्री सङ्कलन र सम्प्रेषण गर्न आग्रह गरे। जिल्लामा कूल मतदाता सङ्ख्या ७१ हजार ७३९ रहेका जनाउँदै उहाँले निर्वाचनका लागि ६५४ जना कर्मचारी खटिने बताए।