बंगलादेशमा जेन जी विद्रोह असफल: जनताले अनुमोदन गरेनन्

2

एजेन्सी । बंगलादेशमा जेन जी विद्रोह असफल भएको छ । बीएनपीले निर्वाचनबाट आफ्नो पक्षमा दुईतिहाइ बहुमत आएको दाबी गरेको छ। तर प्रतिद्वन्द्वी दल जमात-ए-इस्लामीले मतपरिणामबारे प्रश्न उठाएको छ। संसद्‌का ३०० सीटका लागि भएको मतदानमा बीएनपीले १५१ स्थानमा जित हासिल गरिसकेको छ। यो विजयले पूर्वराष्ट्रपति जियाउर रहमान र पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानलाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिएको छ।

सन् २०२४ मा बाङ्ग्लादेशमा तात्कालिक प्रधानमन्त्री शेख हसिना सत्ताच्युत हुने गरी भएको आन्दोलनपछि गठित अन्तरिम सरकारले गराएको निर्वाचनमा बाङ्ग्लादेश न्याश्नलिस्ट पार्टी (बीएनपी) ले बहुमत ल्याएको छ । गतसाल जेन जी विद्रोहका क्रममा ४६ दिनमा कम्तीमा १,४०० प्रदर्शनकारीहरू मारिएका थिए । बंगलादेशको नेसनल सिटिजन्स पार्टी ९एनसिपी०ले मतगणनामा गडबडी भएको आरोप लगाएको छ। एनसिपी बंगलादेशमा विद्यार्थीहरूको आन्दोलनबाट तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गरेपछि स्थापना भएको पार्टी हो। एनसिपीले ६ सिटमा मात्रै जित्ने सम्भावना देखिएको छ ।