संखुवासभा । पाँचखपन नगरपालिका-६ वाना बजार बस्ने ७१ वर्षीय दुर्गा बहादुर श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा दुर्गा समेत ७ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५ लाख १३ हजार ३ सय ५० रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।














