सिंगापुर पठाइदिन्छु भनी ठगी, एक जना पक्राउ

47

काठमाडौँ । सिंगापुरलगायतका देशहरूमा पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एक जनाले पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सोलु दूध कुण्ड नगरपालिका–७ स्थायी घर भई हाल काठमाडौँको टोखा नगरपालिका–३ बस्ने ३० वर्षीय अनिल श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोङ्गबुबाट पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्ध नगर पठाइएको प्रहरीले जनाएको छ । उनले भीमबहादुर रानासमेत गरी ७ जनालाई वैदेशिक रोजगारीका लागि सिंगापुर, अफगानिस्तानलगायतका देशमा पठाइदिने प्रलोभन दिई प्रतिव्यक्ति १० लाख रुपैयाँ गरी ५७ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।