प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्वजनिक बहसमा नेकपा एमालेका अध्यक्ष केपी ओलीको आह्वानलाई राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले अस्वीकार गर्नु भएको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन सामाजिक सञ्जालमार्फत तयार रहेको घोषणा गरे लगत्तै झापा-५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गर्नुभएको हो । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पब्लिक डिबेटका लागि तयार भएको बताउनुभएको छ । ओलीको स्ट्याटसमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले कमेन्ट गर्दै आफु डिबेटमा नबस्ने प्रष्ट पार्नु भएको छ । ओली र शाह झापा ५ बाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । एमालेले ओलीलाई र रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेको छ भने कांग्रेसले सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा प्रस्तुत गरेको छ ।














