Thursday, October 22, 2026
Home अर्थ सुन प्रतितोला दुई लाख ६७ हजार

सुन प्रतितोला दुई लाख ६७ हजार

14

काठमाडौं । आज सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो। यसअघि मंगलबार पनि हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला दुई लाख ६७ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला नौ सय रूपैयाँ बढी हो।
यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार तोलामा चार हजार दुई सय ५५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार चार हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय ६५ रूपैयाँ बढेको हो।अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ९२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।