भरतपुरमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना हुने

15

काठमाडौ । चितवनको भरतपुरमा अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना हुने भएको छ । चितवन जिल्ला दुग्ध उत्पादन सहकारी संघ र चितवन उद्योग संघले पत्रकार सम्मेलन गर्दै डेरी उद्योगमा प्रविधि अर्थतन्त्रमा समृद्धि भन्ने नाराका साथ पुस २५ देखि २९ गते सम्म अन्तराष्ट्रिय डेरी एक्स्पो आयोजना गर्न लागिएको जनाएको हो । दुग्ध उत्पादन सहकारी संघ, चितवनका अध्यक्ष किशोर बगालले दुग्धजन्य उत्पादनको व्यवसायीकतामा लागेका किसानहरूलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ एक्स्पो आयोजना गरिएको बताए ।