Friday, September 18, 2026
Home समाचार पितृको सम्झनामा शतबीज छरिँदै

पितृको सम्झनामा शतबीज छरिँदै

12

काठमाडौं । नेपालका हिन्दुहरुले आज बलाचतुर्दशी पर्व मनाउदैं छन्। हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ ।यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ ।
मार्गशीर्षकृष्ण त्रयोदशीको हिजोको रातमा दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् । शतबीज छर्न पशुपतिनाथ लगायत शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।