काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आजदेखि सिंहदरबारको आफ्नै भवनबाट शिक्षा तर्फको सेवा सुरु गरेको छ। मन्त्रालयले आज सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। जेनजी आन्दोलनको क्रममा मन्त्रालय जलेपछि सबै सेवा केशरमहलबाट सुचारु गरिएकाे थियो।सूचनामा भनिएको छ,‘मन्त्रालयबाट प्रवाह हुने सेवा २०८२/०५/३१ गतेदेखि केशरमहलबाट हुँदै आएकोमा २०८२/०७/१६ गते दिनको ३ बजेदेखि शिक्षातर्फका महाशाखाबाट प्रवाह हुने सेवा सिंहदरबार परिसरमा रहेको मन्त्रालयको भवनबाट सञ्चालन हुने व्याहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ।’













