झझल्को साकोसको १८ औं साधारणसभा सम्पन्न, अध्यक्षमा के.सी निर्वाचित

134

भक्तपुर । झझल्को बचत तथा ऋण सहकारी संस्था लि.को अध्यक्षमा प्रदिप के.सी निरविरोध निर्वाचित भएका छन् । चाँगुनारायण नगरपालिका वडा न. ५ खरिपाटीमा मुख्य कार्यालय रहेको यो संस्थाको शनिबार  १८ औं बार्षिक साधारण सम्पन्न भएको हो । साधारण सभाबाट संचालक समिति र लेखा सुपरिवेक्षण समिति निर्वाचित भएका हुन् । 

झझल्को साकोसको संचालन समितिको उपाध्यक्षमा  सुरज बास्तोला, सचिवमा राजकुमार लामिछाने र कोषाध्यक्षमा बोधनाथ लामिछाने सर्वसम्मत चयन भएका हुन् । त्यसैगरी संचालक समिति सदस्यहरुमा माधव वन, पवित्रा तिमिल्सिना, रविता कार्की, हरिप्रसाद कुईकेल, श्यामसुन्दर अधिकारी, चयन भएका हुन् ।

लेखा सुपरिवेक्षण समिति संयोजकमा पुर्ण बहादुर श्रेष्ठ सदस्यमा रमेश लामिछाने र धनबहादुर वाईबा चयन भएका उपाध्यक्ष बास्तोलाले जानकारी दिएका छन् । संस्थाको सेयर सदस्यको संख्या ३ हजार ८७१ जना रहेको छ भने सेयर पुँजी ३ करोड ४० लाख रहेको छ । वासलात ५२ करोड ५४ लाख रहेको छ । यो सहकारीले बचत जवानिमा अधिकतम ३ लाख र धितो जवानिमा अधिकतम ५५ लाख ॠण सुबिधा दिदै आएको उपाध्यक्ष बास्तोलाले जानकारी दिएका छन् ।