ट्रक दुर्घटना हुँदा १६ जना सैनिक घाइते

19

काठमाडौं । मकवानपुर र बारा जिल्लाको सिमानामा पर्ने चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । हेटौंडा उपमहानगरपालिका—१५ र सिमरा उपमहानगरपालिका—२२ मा स्थित चुरियामाईमा नम्बर २ राजदल गण तनहुँबाट धनुषातर्फ उपसेनानी हर्षविक्रम अधिकारीको कमान्डमा जाँदै गरेको को ४ वटा नेपाली सेनाको ट्रकमध्ये लु १ ग २८० नम्बरको ट्रक पुलबाट खोल्सीमा खस्दा सैनिकहरू घाइते भएका हुन् । २२ जना सैनिक रहेको उक्त ट्रक पुलबाट करिब १२ फिट तल खोल्सीमा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।