काठमाडौं । सरकारी निकायहरुको प्रारम्भिक विवरण अनुसार आगजनीबाट ४४१ वटा चारपांग्रे तथा ६०१ वटा दुईपांग्रे गरी १ हजार ४२ वटा सवारीसाधन नष्ट भएका हुन् । दुईपाङ्ग्रे सवारी साधन त नगन्य संख्यामा आगजनी भएको छ । जेनजी युवाको प्रदर्शनको क्रममा काठमाडौंमा मात्रै एक हजार बढी सरकारी सवारी साधनमा आगजनी भएको प्रारम्भिक तथ्यांक छ ।आन्दोलनको क्रममा सरकारी र निजी सवारी साधनहरुमा भएको आगजनीको पूर्ण विवरण आउन बाँकी छ । त्यसबाट भएको आर्थिक नोक्सानिको मूल्यांकन गर्न पनि समय लाग्ने अधिकारीहरुले बताएका छन् ।
सरकारी मुखपत्र गोरखापत्र दैनिकले सार्वजनिक गरेको एक विवरणमा सबैभन्दा धेरै सडक विभागका ६५ वटा चारपांग्रेस सवारी साधनहरु नष्ट भएका छन् । 













