बागमती प्रदेशमा स्वास्थ्य मन्त्रायलपनि छ, भन्ने गरि काम गर्दैछुः स्वास्थ्यमन्त्री थापामगर

99

भक्तपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापामगरले आफु मन्त्री भएपछि प्रदेशमा पनि स्वास्थ्य मन्त्रालय छ भनेर भन्ने अवस्थामा पु¥याएको बताए । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा भक्तपुर आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री थापाले भने “मैले मन्त्री भएको एक वर्षभित्र अधिकांश प्रादेशिक अस्पतालहरुको सुधार र सेवा थपकोलागि काम गरेको छु,”। अब मृगौला रोगबाट पीडित दोलखा, रामेछाप, सिन्धुपाल्चोक जिल्लालगायतका बिरामीहरुले डायोलोसिस सेवा सम्बन्धीत जिल्लाबाट नै पाउने बताए ।

बागमती प्रदेशका सस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले आफुलाई मन्त्रालयको अनुभव नयाँ भएकाले सक्दो राम्रो गर्ने तर, नराम्रो गरेर नफर्किर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले सांस्कृतिक र प्राकृतिक कुराको संरक्षण गरि प्रदेशको पर्यटन विकाश नै आफ्नो मुख्य एजेण्डा रहेको बताए ।
भक्तपुर शाखाका सभापति पशुराम पाण्डेका अनुसार वि.स २०२० साल भदौं १९ गते नेपालमा विधिवत रुपमा रेडक्रस सोसाईटीको स्थापना भएको हो । “जहाँ दुःख, त्यहाँ रेडक्रस” भन्ने नाराका साथ सात मानविय सिद्धान्तलाई आधार मानेर भक्तपुरमा भने वि.स २०२५ साल फागुन ७ गते रेडक्रसको स्थापना भएको पाण्डेले बताए । जिल्लामा यो संस्थाले विपद र जोखिम न्यूनिकरणको कामलाई गर्दै आएको छ । “भक्तपुर रेडक्रसले जिल्लाका चार वटा नै स्थानिय तहसंग साझेदारीमा भक्तपुरका बासिन्दालाई निःशुल्क रुपमा रगत प्रदान गर्दै आईरहेको छ,” सभापति पाण्डेले भने ।

एक वर्षमा २३ हजार जना मानिसले रक्तदान गर्दा १४ जनामा एच आई भी देखिएको छ । नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाले सार्वजनिक गरेको एक तथ्यांक अनुसार २३ हजार २ सय ९२ जनाले गरेको रक्तदानको रगतको नमूना परिक्षण गर्दा एचआईभी देखिएको हो । एक वर्षमा १८ हजार १ सय ४० पुरुष र ५ हजार १ सय ५२ जना महिलाले रक्तदान गरेका रेडक्रस भक्तपुर शाखाका मन्त्री धर्मराज कार्कीले जानकारी दिएका छन् ।
“रगत नपाए भक्तपुर जानु” भन्ने सन्देशलाई साच्चिकै कार्यान्वयन गर्न १ हजार १ सय ३ स्थानमा विभिन्न संघसंस्थाले रक्तदान गरेको कार्यक्रममा सहभागी भएर २३ हजार २ सय ९२ जनाले रक्तदान गरेका हुन् ।

रक्तदाताबाट संकलन भएको रगतमा कुनै संक्रमण वा अन्य रोग छ छैन् भनेर जाँच गरेर मात्र हामी प्रयोग गर्न सिफारिस गर्दछौ, कुनै जटिल रोग वा संक्रमण देखिए दुई पटकसम्म उक्त रगतको नमूना परिक्षण गर्ने गरेका छौं, कार्कीले भने ।
त्यसपछि सम्बन्धीत व्यक्तिलाई बोलाएर रगतको रिर्पोटमा आएको समस्याबारे जानकारी दिएर परार्मश सहित थप जाँचकालागि टेकु पठाउने गरेको समेत कार्कीले जानकारी दिए ।

भक्तपुर जिल्लामा एक वर्षमा संकलित रगत मध्ये ९७.८७ प्रतिशत रगत मात्रै प्रयोगमा आएको छ । रक्तदानबाट प्राप्त भएको रगतको गुणस्तर कायम गर्न भक्तपुर रेडक्रसले केही समयभित्र चिस्यानसहितको भ्यान संचालनमा ल्याउन लागेको समेत रेडक्रसका मन्त्री कार्कीले बताए ।
आफ्नो स्थापना दिवसको अवसर पारेर जिल्ला शाखा भक्तपुर जिल्लाबाट बागमती प्रदेशमा प्रतिनिधित्व गर्ने मन्त्रीद्धयलाई सम्मान गरको छ । शाखाका पूर्व उपसभापति एवम् बागमती प्रदेशका स्वास्थ्य मन्त्री थापामगर र आजिवन सदस्य तथा बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री श्रेष्ठलाई बधाई सहित सम्मान गरेको हो । सो अवसरमा शाखामा १८ वर्षदेखि रात्रीकालिन सुरक्षा गार्डको कार्य गरेर उमेरहदका कारण सेवा अवकाश भएका तुल्सीभक्त सुवाल (माइला दाई)लाई समेत सम्मान गरिएको छ ।