Sunday, September 20, 2026
Home समाज थिमी र बोडेमा जिब्रो छेडाउनेलाई प्रदेश सरकारले दुई-दुई लाख नगद दिने

थिमी र बोडेमा जिब्रो छेडाउनेलाई प्रदेश सरकारले दुई-दुई लाख नगद दिने

22

काठमाडौँ : बागमती प्रदेश सरकारले मध्यपुर थिमी नगरपालिकामा साँस्कृति जात्रामा जिब्रो छेडाउने व्यक्तिलाई दुई लाख रुपैयाँ प्रदान गर्ने भएको छ। प्रदेश सरकारको संस्कृति तथा पर्यटन मन्त्रालयको निर्णयअनुसार प्रत्येक वर्ष वैशाख २ गते बोडेमा र भाद्र शुक्ल पूर्णिमा (येन्या पुन्ही) का दिन थिमीको दिगुटोलमा जिब्रो छेडाउने व्यक्तिले यो रकम पाउनेछन्। स्थानीय भाषामा यसलाई म्ये प्वा खनिगु भनिन्छ। स्रंस्कृति जगेर्ना र जात्राको निरन्तरताको लागि जिब्रो छेड्ने व्यक्तिहरूलाई प्रत्येक वर्ष प्रतिव्यक्ति दुई लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले जानकारी दिए। ‘भक्तपुरको चिनारी यो जात्रा लोप हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिब्रो छेड्नेहरूलाई प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेका हौँ’, मन्त्री श्रेष्ठले भने, ‘परम्परालाई निरन्तरता दिए बापत प्रोत्साहनका लागि रकम उपलब्ध गराउन लागेका हौँ।’