Monday, September 21, 2026
Home समाज मन्त्री भगवतीले दृष्टिविहीन कर्मचारीलाई सिंहदरबारबाट पुर्‍याइन् दोलखा

मन्त्री भगवतीले दृष्टिविहीन कर्मचारीलाई सिंहदरबारबाट पुर्‍याइन् दोलखा

35

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले गतसाता एकै पटक १२२ उपसचिवको सरुवा गरिन्।​
भदौ १२ गते सबै स्थानीय प्रशासकीय अधिकृत पठाउने घोषणा गरेकी न्यौपानेको एउटा सरुवाको व्यापक आलोचना भएको छ।दृष्टिविहीन उपसचिव निरा अधिकारीलाई महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट सरुवा गरेर दोलखाको भीमेश्वर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मा दिइएको छ।​ दृष्टिविहीन उपसचिव अधिकारीलाई सिंहदरबारबाट लखेटेको भनेर मन्त्री न्यौपानेको चर्को आलोचना भइरहेको छ। दृष्टिविहीनलाई कर्मचारीलाई दोलखाको भीमेश्वर लखेटेर न्यौपानेले ‘बहादुरी’ प्रदर्शन गरेको भन्दै उनीविरुद्ध कर्मचारी पनि असन्तुष्ट बनेका छन्।