चाँगुनारायणमा न्यायिक समिति: बेघर चेलीलाई घर र रोजगार दिन सफल

340

वि.स २०७९ सालको स्थानिय तहको निर्वाचनमा चाँगुनारायण नगरपालिकाको उपप्रमुख पदमा निर्वाचित हुनु भएका रमेश बुढाथोकीसंग स्थानिय सरकारको न्यायिक समितिले गरेका कामको बारेमा नयाँ नेपाल न्यूजका कार्यकारी सम्पादक हेमराज ढकालले गर्नु भएको कुराकानीको सम्पादित अंशः
नमस्कार
–नमस्कार

तपाँईहरु निर्वाचित भएर आएपछि अहिलेसम्म कतिवटा मुद्धाहरु न्यायिक समितिमा दर्ता भएका छन् ?
–हामी निर्वाचित भएर आएपछि अहिलेसम्म चाँगुनारायण नगरपालिकाको न्यायिक समितिमा १ सय ११ मुद्धा दर्ता भएका छन्, जसमा ८९ वटा मुद्धाको समाधान भईसकेको छ । अन्य मुद्धा छलफलको क्रममा रहेको छ । दर्ता नै नभएका करिव २० वटा मुद्धा चाहिँ मैले उपप्रमुखको हैसियतमा घरमा नै गएर विवाद समाधान गरेका छौं ।


कस्ता कस्ता प्रकारका मुद्धाहरु आउने गरेका छन् ?

–हाम्रो नगरपालिकामा धेरै जसो घरजग्गा साँधसीमाना विवाद, श्रीमान श्रीमतीको झगडा, अंश मुद्धा, बाटोसम्बन्धी मुद्धा आउने गरेको छ ।

. केही त्यस्ता मुद्धा वा विवाद छन् जुन जटिल भएर पनि न्यायिक समितिले समाधान निकालेको छ ?
–यस्ता धेरै घटनाहरु छन् । त्यसमध्ये म केही बताउन चाहान्छु, एक जना चेलीको बिहे गरेको केही दिनमै श्रीमान विदेश जानु भएछ, उहाँको विहेदर्ता पनि भएको रहेनछ, १० वर्षपछि आएर उहाँको श्रीमानले मलाई छोड्पत्र दे म केही दिन्न भन्नु भएछ । ती चेलीको सासुससुराले समेत बसेको ठाउँ बचेर अर्को वडामा जानुभएछ । त्यसपछि न्यायिक समितमा त्यो मुद्धा आएपछि हामीले त्यसलाई सुझबुझका साथ सामाधान गर्यौं । उहाँचेलीलाई बास र कामको समेत व्यवस्थापन हामीले गरेका छौं । एउटा सार्वजनिक बाटो नै मिचेर घर बनाउनलाई हामीले गरेको फैसला चित्त नबुझेर अदालत जानु भो अदालतले पनि हामीले गरेको फैसलालाई जिल्ला र उच्च अदालतले सदर गर्यो ।

५.न्यायिक समितिलाई दिएको अधिकार र स्रोत साधन पर्याप्त छ ?
–स्रोत र साधनको त कुनै समस्या छैन, दिएको अधिकारचाँहि पुरा छैन । हामीले कसैलाई पुलिस लगाएर समातेर ल्याउन सक्दैंनौं । कुनै पीडितले निवेदन दिएपनि पीडकलाई छलफलकोलागि बोलाउदाँ आउनु हुन्न । नगरबाट दिने अन्य सेवा सुविधा रोक्ने कुरा गरेपछि मात्रै आउनु हुन्छ, त्यसकारणले गर्दा न्यायिक समितको काममा ढिला हुन जान्छ । काम धेरै भएपछि अधिकार थोरै जस्तो लाग्छ ।

. न्याय सम्पादनमा न्यायिक समितिले आफैं राय वा आदेश दिन्छ कि कानुनका ज्ञातासंगपनि छलफल गर्दछ ?
–हामीले निवेदन आएपछि घटनाको वस्तुस्थिती बुझेर सरोकारवाला स्थानिय, जनप्रतिनिधि र हाम्रो नगरका कानुनी सल्लाहकारसंग पनि छलफल गरेर मात्रै निर्णय गर्दछौं ।

चाँगुनारायण नगरपालिकामा आर्थिक रुपममा विपन्न नागरिकले न्यायबाट बञ्चित त हुनु परेको छैन ?
–त्यस्तो अवस्था आएको छैन, हामीले हाम्रो सबै नागरिकलाई न्यायमा समाधन पहँुच पुर्याउन पलह गरेका छौं, गर्ने प्रतिवद्धता समेत यहाँ मार्फत व्यक्त गर्दछु ।

र अन्त्यमा भन्नुपर्ने केही छ ?
चाँगुनारायण नगरपालिका आफ्नो नगरबासीको हकहितकोलागि सधै तयार छ । कोही पनि नागरिक अन्यायमा नपरुन भनेर हामी सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीहरु सचेत छौं । धन्यवाद