कैलाली कारागार घटना : उच्चस्तरीय अनुसन्धान आवश्यक भएको छानबिन समितिको निष्कर्ष

12

धनगढी । कैलाली कारागारमा कैदीबन्दीबीच भएको हिंसात्मक घटनामा सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक रहेको औंल्याइएको छ । एक जनाको मृत्यु र ४८ जना घाइते हुने गरी गत २३ साउनको राति भएको हिंसात्मक घटनाको छानबिनका लागि गठन गरिएको समितिले घटनाको सूक्ष्म र उच्चस्तरीय अनुसन्धान आवश्यक भएको ठहर गरेको हो सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी नेतृत्वको पाँच सदस्यीय छानबिन समितिले प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साललाई प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा कैदीबन्दीबीचको आपसी मतभेद, बन्दीगृहको प्रशासनमा आ-आफ्नो प्रभुत्व जमाउनु खोज्नुलगायतका कारणले कैदीबन्दीहरुबीच पटक-पटक वादविवाद हुुँदै आएको उल्लेख गरिएको छ ।