काठमाडौं । आज बिहीबार दिउँसो संघीय संसद अन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ।आज दिउँसो १ बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नेछन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे आठ बजे बस्दैछ। आज बस्ने बैठकमा सौर्य एयरलाइन्सको विमान दुर्घटना प्रतिवेदनबारे छलफल हुँदैछ। यसैबीच आज चार वटा संसदीय समितिको पनि बैठक बस्दैछ। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ। आजको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुँदैछ।














