काठमाडौं । इजरायलले ७ अक्टुबर सन् २०२३ देखि सुरु गरेको आक्रमणबाट गाजा क्षेत्रमा हालसम्म ६१ हजार भन्दा धेरैको मृत्यु भइसकेको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । गाजा क्षेत्रमा कुपोषणबाट थप ११ जनाको मृत्यु भएको हमासद्वारा सन्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससँगै गाजा क्षेत्रमा कुपोषणबाट मृत्यु हुनेको संख्या २१२ पुगेको छ । यीमध्ये ९८ जना बालबालिका छन् ।
इजरायली सेनाको कारबाही जारी रहेपछि गाजामा खाद्यान्नको संकट छ । भोकमरीसँगै कुपोषणको समस्या भयावह बनेको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा इजरायली सैन्य कारबाहीबाट गाजामा ३८ जनाको मृत्यु भएको छ भने ४९१ जना घाइते छन् ।














