आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने
श्रावण ४, २०८२ |कान्तिपुर टीभी संवाददाता
25
आफूनिकट संघ र प्रदेशका मन्त्रीलाई फिर्ता बोलाउने पक्षमा शेखर पक्ष, अर्को बैठकबाट निष्कर्ष निकालिने
काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले शेखर कोइरालाको पक्षमा कांग्रेसमा ६० प्रतिशत सांसदहरू रहेको दाबी गर्नुभएको छ ।
पार्टीका सांसद एवं कोइराला पक्षधर नेताहरूसँगको भेटपछि आइतबार काठमाडौंमा सञ्चारकर्मीहरूसँगको कुराकानीमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले बैठकमा केन्द्र सरकार र प्रदेश सरकारमा रहेका आफू निकट मन्त्रीहरूलाई फिर्ता बोलाउने बारेमा पनि छलफल भएको बताउनु भयो ।
उहाँले यसको निष्कर्ष भने निस्किन नसकेको र अर्को चरणको बैठक बसेर यसबारेमा निर्णय गर्ने सहमति भएको बताउनु भयो । उहाँले संसदीय दलको नेतामा भिड्न सांसद कोइरालाले चाहने हो भने ६० प्रतिशत पुग्ने दाबी गर्नुभयो । -ktv














