भक्तपुरमा ट्रकको ठक्करबाट बालकको मृत्यु

35

भक्तपुर । ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु भएको छ। भक्तपुरमा शुक्रबार बिहान ८ बजेतिर मध्यपुर ठिमी नगरपालिका-२ शिक्षा तथा मानवस्रोत भवन अगाडि ट्रकले ५ वर्षीय बालकलाई ठक्कर दिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले जानकारी दिए।

पानी बोकेको बा २ क १२८४ नम्बरको ट्रकले सिरहा घर भई सानोठिमी बस्दै आएका ५ वर्षीय अरब यादवलाई ठक्कर दिएको हो। प्रहरीले ट्रक चालक सिन्धुपाल्चोक घर भई सानोठिमी बस्ने २१ वर्षीय जयबहादुर गोलेलाई पक्राउ गरेको छ। ठक्करबाट गम्भीर घाइते भएका बालकको उपचारका लागि कोरियन अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा बालक यादवको मृत्यु भएको एसपी गिरीले जानकारी दिए ।